Simta
Simta
lekbesi

सेती नदिमा टिकटक बनाउने क्रममा युवती चिप्लिएर बेपत्ता

Gurvakot

तनहुँ – टिकटक बनाउने क्रममा युवती चिप्लिएर सेती नदीमा खसेर बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेकाे सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्साल नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

lekbesi

लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । लगतै प्रहरी खोजी कार्यमा खटिएको थियो ।५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।

 

Simta