संविधान दिवसका दिन हुने भयो ८ जनालाई माफी, ५ सय २३ जनाकाे कैद कट्टा
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ८ जनालाई माफी र ५ सय २३ कैदीकाे कैद कट्टा गरेकी छन ।
आज शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जनाको कैद सजाय माफी गरेकी हुन ।
त्यस्तै हर्कबहादुर राईसमेत ५२३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । गएको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।