कर्णाली सरकारलले गर्यो सात महत्वपुर्ण निर्णय ,जनआन्दोलनका घाइते अपांग देखी सिमान्तकृत बर्ग समुदायलाई जीवनयापनमा सहज
असोज ३ सुर्खेत – कर्णाली प्रदेश सरकारका प्रमुख सचेतक नेकपा माओवादीवादी केन्द्रका नेता ठम्मर बहादुर बिष्टले सरकारले विभिन्न सात महत्वपुर्ण निर्णयहरु भएको बताएका छन्।
असोज १ गते संसदीय दलको बैठक मुख्यमन्त्री एबं दलका नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले महत्वपुर्ण ७ निर्णयहरु गरेको उनले बताए ।
जसमा जनयुद्ध र जनआन्दोलनका घाइते अपांगहरुलाई उनिहरुको सम्मान साथ जिबनयापन सहज बनाउने देखि मुख्यमन्त्री रोजगार कार्यक्रम र पुर्बाधार बिशेष कार्यक्रमलाई जनपक्षिय र परीणाममुखी बनाउने रहेका छन्।
यी हुन् थप निर्णयहरु ,
१- मुख्यमन्त्री रोजगार कार्यक्रम र पुर्बाधार बिशेष कार्यक्रमलाई जनपक्षिय र परीणाममुखी बनाई यथाशीघ्र दल बैठकले तोकेको समय सिमा भित्र कार्वान्वयन गरी सक्नु पर्ने । त्यस्ता योजनाहरु छनौट गर्दा क्रमश शीक्षा, स्वास्थ्य र पुर्बाधार क्षत्रलाई प्राथामीकतामा राखी योजना छनौट गर्ने ।
२- महीला लक्षित कार्यक्रम, दलीत लक्षित कार्यक्रम, अल्पसंख्यक सिमान्तकृत बर्ग समुदाय ( बादी, गाइन, राजी, राउटे, कुसुन्डा, बोटे ) लगाएतका अल्पसंंख्यक एबं लोपउन्मुख समुदायको कार्यक्रमलाई शीघ्र कार्वान्वयन गरी उनिहरुको कठिन जिबन यापनलाई सहज जिबन यापनममा बदल्ने ।
३- जनयुद्ध र जनआन्दोलनका घाइते अपांगहरुलाई उनिहरुको सम्मान साथ जिबनयापन सहज बनाउन प्रदेश सरकारले तयार गरेको कार्यक्रमलाई सार्थक तुल्याउन दलको आगामी कार्यक्रम भित्र संयोजन गरेर उक्त कार्यक्रमलाई अगाडी बढाउने ।
४- बिगत लामो समय देखी कार्वान्वयन प्रक्रियामा रहेको तर पुर्णता पाइ नसकेको बाडी पिडीतको समस्यालाई आउदो चाड पर्ब भन्दा अघीनैं उनिहरुलाई स्थाई छाना र नानाको प्रत्याभुति गराउन सरकारले बढाइरहेका कार्यक्रमलाई समय सिमाभित्र संपन्न गर्न सरकार संग सहकार्य र संयोजन गर्दै समय सिमा भित्रनैं काम संपन्न गर्न सरकारलाई अनुरोध गर्ने ।
५- कोभीड १९ वाट मृत्यु भएका परीवारलाई राज्यले दिने क्षतिपुर्ति एबं अन्य संबेशनशील रोगहरु क्यान्सर, मृगौला, मुटु, हेड एण्ड स्पाइनल इन्जुरी, पार्कीन्सन र अल्जाइमरस लगाएतका बिरामीहरुले राज्यवाट पाउने सेवा सुुबिधाको लागी तत्काल कार्यबिधी बनाई बिरामीलाई क्षतिपुर्ती दिन प्रदेश सरकार संग अनुरोध गर्ने ।
६ -माथि उल्लेखीत कामहरुलाई तोकेको समय सिमाभित्र संपन्न गरी लक्षित बर्ग समुदायको चराइरहेको घाउमा मलम लगाउन प्रदेश सरकारले सुरु गरेका सम्पुर्ण जनपक्षिय कामहरुलाई तोकिएको समय सिमा भित्र संपन्न गरी जनतामा सकारात्मक संदेश प्रभाहा गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने ।
७- अन्तमा प्रदेश संबिृद्धीको महान अभियानमा प्रमखु प्रतिपक्ष लगाएत संसदमा प्रतिनिधीत्व गर्ने सम्पुर्ण दलहरु, सरकारमा आबद्ध गठबन्धन दलहरु, पत्राकार, नागरीक समाज, बुद्धिजीबी , ब्यबसायी लगाएत आम जनतासंग सहकार्य, समन्वय र हातेमालो गर्दै अघी बढ्ने संकल्प गर्दछौं ।