दुईजना बालकलाई मुख थुनेर घाँटी रेटेको बयान
काठमान्डौ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या गर्ने योजना भदौ २० गत्तेनै लोकबहादुर कार्कीको घरमा बनेको थियो।
२१ गते बिहान तेजबहादुर कार्की लोकबहादुरको घरमा खेताला बोलाउन आउने जानकारी पछि २० गतेनै योजना बनेको हत्याराहरुले प्रहरीसामु बयान दिएका छन।
जब २१ गते बिहान लोकबहादुरको घरमा मृतक तेजबहादुर बिहानै खेताला भन्न पुगे र फर्कीए त्यहीबेला गोगनको रुखमुनि उनिमाथि चिर्पट प्रहार भयो ।
उनिमाथि चिर्पट प्रहार भएपछि तेजबहादुर कराए उनका परिवारका सदस्यले देखेपछि अन्य ४ जना व्याक्तीले उनिहरुलाई पालै पालो चिर्पट र धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाईएको छ ।
हत्यारा हरुले दुई जना बालकलाई भने मुख थुनेर चिर्पट र धारिलो हतियार प्रयोग गरेको पाईएको छ । घटना भएको जानकारी पछि प्रहरी घटनास्थल पुगेपछि गाउँघरमा अनुसंधान सुरु भयो तर कोहि कसैले केही बोल्न चाहेन्न र आफू हरुलाई अत्तो पत्तो नभएको बताए ।
घटना भएको घर र हत्यारा लोकबहादुरको घर करिब दुई सय मिटरको फरकमा छ । त्यसपछि प्रहरी अलमलमा पर्यो यति ठूलो घटना हुँदा समेत कोहि कसैले थाहा नपाएको र बाहिरबाट समेत कुनै पनि मान्छे गाउँमा नपसेको जानकारी पछि प्रहरी स्थानीयमै केन्द्रित भयो ।
लामो अनुसंधान पछि २५ वर्षका लोकबहादुरलाई पक्राउ गरेपछी उनले आफू लेनै ६ जनाको हत्या गरेको स्वीकार गरे हत्याको कारण भने आफू लाई तेजबहादुरले बारम बार हेप्ने गरेको र हेपाइ सहन नसकेर हत्या गरेको प्रहरीसामु बयान दिए ।
अब प्रहरी नजिक पुग्यो र एक जनाले ६ जनाको हत्या गर्न सम्भव थिएन । अनुसंधान गर्दै जांदा मृतक रन्जना कार्कीको मोबाईल लोकबहादुरका भाइ नरेश कार्कीको साथमा फेला पर्यो ।
उनलाई पनि पक्राउ गरिएपछि उनको बयानमा थप अन्य व्याक्तीको संलग्नता रहेको खुल्यो। प्रहरीले ती व्याक्तीहरुलाई पक्राउ गरि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
उनिहरुले संगठित योजना बनाएर ह,त्या गरिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए।
लोकबहादुर पछि थप पक्राउ पर्नेहरु ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन्।
जसमा घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताए।
गत भदौ २१ गते सोमबार बिहान उम्लिङमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स ह,त्या गरेको अवस्थामा शव फेला परेको थियो।