रातिमा ठुलो साउण्डमा भोजपुरी गीत बजाउने ५ जना पक्राउ
काठमाडौं- धनुषाको विदेह नगरपालिका वडा नं. ६ स्थित एकराही टोलमा ‘आरकेस्ट्रा’ नाच नचाउने ५ जना पक्राउ परेका छन्। गएराति १२ बजेको समयमा अनुमति नलीएर साउण्ड बक्स जडान गरी अश्लिल भोजपुरी गितमा ठूलो आवाजमा बजाउनेलाई प्रहरीलेले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका वडा नं. ७ वस्ने वर्ष २३ का श्याम पासवान, भारत उत्तर प्रदेश महराजगंज इटहर्वा वस्ने वर्ष २१ का अनुशव मिश्र, २० वर्षकी काजल सहनी, भारत विहार राज्य बेतिया जिल्ला अमोलिया सिङगरी वस्ने वर्ष २५ वर्षका सुनिल पासवान र २१ वर्षीय रिना देवी पासवान छन्।२ जना फरार रहेको र उनको खोजि भईरहेको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
फरार रहनेमा धनुषा शहिदनगर नगरपालिका वडा नं. ७ धवौली घर भई हाल विदेह नगरपालिका वडा नं. ६ वस्ने २५ वर्षीय सानु मण्डल (आयोजक) र वडा नं. ७ वस्ने वर्ष ३५ का राम मनोहर अधिकारी (संचालक) हुन्। अश्लिल भोजपुरी गितमा ठुलो आवाज बजाउदा स्थानीयले पटक- पटक बन्द गर्नसमेत आग्रह गर्दा पनि नमानेपछि कार्वाहीको लागि प्रक्रिया अघि बढाइएको थियो।