बुटवलका मेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा रिहा

असोज १२,काठमान्डौ – बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक धरौटीमा रिहा भएका छन।मुक्का हान्ने गणेश पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पंगेनीले असोज ४ गते बिहान बुटवल,३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए ।प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत  अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य हुन् । पहिरो पिडितले पटक पटक मेयरलाई खबर गरेपनी उनि पहिरो पिडितलाई भेट्न पुगेका थिएनन ।पहिरोले एक दर्जन बढी घर बगाएको थियो । धेर पछि मेयर सो ठाउँमा पुग्दा स्थानीयले समेत नारबाजी गरेका थिए ।