हिन्दु परम्परा अनुसार कुकुरलाई पुजा गर्नुको कारण यस्तो छ

कार्तिक १७ ,काठमान्डौ – आज तिहारको दोस्रो दिन कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ। हिन्दु परम्परा अनुसार कार्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। हिजो मात्र कागको पुरा गरिएको थियो।

मालिक र घरको आज्ञाकारी रक्षक सुरक्षामा खटिने कुकुरलाई मानिसको साथी समेत मान्ने गरिन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने गरिन्छ।

आज बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ। काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ।