बाबुरामले ओलीलाई भने उडन्ते कुरा गर्न लाज लाग्दैन
काठमाडौं- पूर्वप्रधानमन्न्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न चुनौती दिएका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कँहाको आम्दानीले वेबेलाईतमा छोरीलाई पढाएको भनेर प्रश्न गरेका थिए। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष भट्टराईले ओलीलाई तत्काल जवाफ फर्काएका छन।
पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन उडन्ते कुरा गर्नु शोभनीय नभएको भन्दै भट्टराईले भनेका छन्। मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन।हाम्री छोरी मानुषी ७बर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन्।त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् ।
मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन।हाम्री छोरी मानुषी ७बर्षको उमेरमा जनयुद्धपूर्व२०४९-५१मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन्।त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न! https://t.co/hkZQyPdini
— Baburam Bhattarai (@brb1954) November 7, 2021