निर्मला कुर्मीको भारतमा रहस्यमय मृत्यु

कार्तिक २४ ,काठमान्डौ – बाँकेको नेपालगन्जबाट बेपत्ता भनिएकि निर्मला कुर्मीको भारतमा मृत्यु भएको प्रहरी प्रारम्भिक अनुन्धानबाट खुलेको छ । भारतमा उनको दोस्रो विवाह भएको त्यही उनको मृत्यु भएको फोटो प्राप्त भएको प्रहरीले जनाएको छ।

उनको अन्लाईनमा मृत्यु दर्तासमेत राखिएको प्रहरीले दाबी गरेको छ । प्रहरीले बताए अनुसार २०७६ चैत १४ मा उनको मृत्यु भएको हो । कुर्मीले २०६९/७० सालतिर भारतीय नागरिक अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेको पनि खुलेको छ ।

निर्मलाको गाँउमा अर्जुन काम गर्दा रहेछन त्यही बेला उनीहरुले भागेर भारतमा विवाह गरेछन। रुपैडिया नाकाबाट १५ किलोमिटर टाढा पर्ने जगन्नाथपुरको बलहामा उनको मृत्यु भएको विवरणको प्रमाणित प्रतिलिपि स्थानीय ग्राम पञ्चायत अधिकारीले नेपाल प्रहरीलाई पठाएको बाँकेका डीएसपी मधुसूदन न्यौपानेले बताए ।

प्रहरीले गरेको अनुसन्धानमा निर्मलाको मृत्यु स्स्वभाविक भएको देखिन्छ। तर पुस्ट्याइँका लागि प्राप्त कागजातबारे थप अनुसन्धान गर्दै छौं । प्रहरीले अर्जुनसंग पनि बयान लिएको छ। निर्मलाको जग्गा झुक्याएर हडपिएको उनले बताएका छन् । मृत्यु भने कालगतिले भएको प्रहरीसामु उनको बयान छ।

कुर्मीको शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । प्रहरीले सामान्य सोधपुछ मात्र गरेको थियो। घटनामा अप्रहरिले गरेको अनुसन्धान चित्त बुझ्दो नभएपछि नेपालगञ्जबाट २० दिन पैदल हिँडेर न्याय माग्दै काठमाडौं आइपुगेका थिए ।

मानवअधिकारकर्मी रुबी खान स्साहितको समूहले ठमाडौंमा प्रदर्शन गरिरहेका बेला प्रहरीले खानलाई पक्राउ गर्‍यो । थास्पछी खान आमरण अनशनसमेत बसिन। सरकारले उनीसँग वार्ता गर्‍यो र गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति पनि बनायो ।

त्यसपछि खानले अनशन तोडेकी थिइन् ।समितिले बुझाएको प्रतिवेदनको र किटानीको आधारमा प्रहरीले सोमबार ७ जनालाई पक्राउ गरेको छ। तीमध्ये एक जनालाई भने वृद्ध अवस्थाका कारण बोलाएका बेला उपस्थित हुने गरी छाडिएको छ ।

अभियुक्तमध्ये पूर्वसभासद बादशाह कुर्मीले भदौ १० मा आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर बयान दिएका थिए हाल उनलाई पक्राउ गरिएको छैन भने कुनै सोध पुछपनि गरिएको छैन ।

मानवअधिकारकर्मी रुबी खानलले भने अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी हत्या गरिएको मुद्दामा प्रहरीले मुख्य अभियुक्तलाई संरक्षण गरेको बताउँछिन। यस्तो गम्भीर मुद्दामा हाजिरी जमानीमा कसरि छोड्ने भने हुन्छ, पूर्वसभासद्लाई पक्राउ नगर्नुको कारण सरकारले उन्लाइऐ संरक्षक गरेको रुबीको भनाइ छ।

मानवअधिकार भन्छन कागजात भारे छानबिन होस्,

मानवअधिकार खानका अनुसार प्रहरीले अहिले पाएको भनिएको कागजात बारे अनुसन्धान हुन जरुरि छ। पहिले घटनाको अनुसन्धान माग गर्दा नआएका कागज आंदोलन गर्ने बित्तिकै कसरि आयो।

अहिले सम्म कँहा छुपाईएको थियो? हामीले हाजेरिमा चार जना अभियुक्तको नाम खुलेको थिएन भानेका थियौ ति मध्येका अर्जुन पनि एक हुन्। यस्तै निर्मला भारतमा गएर विवाह गरेको भन्ने विषयमा खानले विश्वास नरहेको बताईन।
निर्मलालाई जग्गा नामसारी गरेको पाँच वर्षपछि भारतीय नागरिक बनाइएको छ ।

निर्मलाको जग्गा क कसको नाममा,,

निर्मलाले २०६९ असार ८ मा श्रीमान् महलु कुर्मीका नाममा रहेको जग्गा ४ बिघा ८ कट्ठा १० धुर खेतबारी र घरबारसहित साढे २ कट्ठा जग्गा आफ्नो नाममा नामसारी गरेको देखिन्छ । त्यसको दुई महिनामै उनको खेतीबारी भएको ४ बिघा ८ कट्ठा १० धुर जग्गा बर्दियाको साविक धधवार गाविस,४ की पार्वती विष्टका नाममा गरिएको छ ।

निर्मलाले पार्वती विष्टलाई २५ लाख ७५ हजार ८ सय रुपैयाँमा जग्गा बिक्री गरेको मालपोतको अभिलेखमा देखिन्छ । त्यही जग्गालाई रत्नादेवी थापाले पार्वती विष्टबाट दाखा (दाखिला खारेज) प्रक्रिया अपनाएर ३ करोड रुपैयाँ डाँक सकार (लिलामी) गरिएको छ । रत्नादेवीले पार्वतीसँग लेनदेनका आधार देखाएर मुद्दा मामिला उठान गरी डाँक सकारबाट आफ्नो नाममा जग्गा सारेकी छन् ।

यद्यपि साविक परस्पुर–९ का ओमकार कुर्मीले २०६८ कात्तिक १७ मा अपुताली भएको दाबी गर्दै निर्मलाका पति महलुको सम्पूर्ण जग्गा सार्वजनिक गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका बेला निर्मलाले भारतमा दोस्रो विवाह गरेको कागज फर्जी भएको प्रशासनले प्रमाणित गरेको थियो ।

सो घटनामा जिल्ला प्रशासन कार्यालय बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले निर्मलाको भारतमा बिहे नभएको र भारतमा कसैसँग कुनै सम्बन्ध नरहेको निर्णय सुनाएका थिए । तत्कालीन प्रजिअ घिमिरेको आदेशपत्रमा निर्मलाले आफूमाथि जग्गाकै कारण कुटपिट भएको र असुरक्षित महसुस भएको भनी निवेदन दिएको उल्लेख छ । आदेशपत्रअनुसार निर्मलाले २०६८ असोज ३० मा जीउधनको सुरक्षा गरिपाऊँ भनी निवेदन दिएकी थिइन् ।

त्यसमा प्रशासनले प्रहरीलाई जीउधनको सुरक्षा र संरक्षणमा भरपर्दो व्यवस्था मिलाउन आदेश दिएको थियो । आदेशअनुसार निर्मलाले २०६८ मंसिर १२ मा रोक्का राखिएको जग्गा फुकुवा गरिपाऊँ भनी निवेदन दिएको देखिन्छ । जिल्ला प्रशासनको आदेशमा निर्मलाले भारतीय नागरिक अर्जुनसँग विवाह गरी बसेको भन्ने प्रमाण झूटो भएको उल्लेख छ ।

प्रशासनको त्यही आदेशले अपुताली परेको निवेदन झूटो भएको तथ्य पुष्टि गरेको छ । जसमा निर्मलाको भारतमा कुनै सम्बन्ध नरहेको, अर्जुनसँग कुनै नाता नभएको र ग्रामसभाको निवासी पनि नरहेको उल्लेख छ ।

भारतीय नागरिक अर्जुनको पारिवारिक रजिस्टर र मतदाता सूचीमा निर्मलाको नाम नरहेको र उनीहरूको विवाहको सम्बन्धमा कुनै पनि पत्राचार नभएको सन् २०११ नोभेम्बर १४ मा ग्रामसभा जगन्नाथपुर पुरे बेचई जिल्ला बहराइचका प्रधान रामेश्वरद्वारा हस्ताक्षरित पत्रको छायाप्रति पेस भएको छ । आदेशको व्यहोरामा २०६८ मा निर्मलाको अर्जुनसँग कुनै पनि नाता नभएको उल्लेख छ ।

१० वर्षबीचमा निर्मलाका नाममा सबै जग्गा नामसारी गरी बिक्री पनि भइसकेको छ । भूमाफियाले जग्गा किनबेच गरेपछि निर्मलाको भारतको आधार कार्ड बन्नु, नाता नै नभएको पुष्टि गरिएको त्यही व्यक्ति अर्जुनसँग बिहे भएको प्रमाण पनि भेटिनुले निर्मलाको जग्गामा आँखा लगाउने भूमाफियाले खेल खेलेको आशंका बढेको छ । पाँच बर्षमा औंको सबै जग्गा बिक्रि भईसकीएको छ।