रुकुम चौरजहारी

पोखरा-काठमाण्डाै सडक यात्रा दुई घण्टामा छोट्याउने योजना बनाउदै अर्थ मन्त्री शर्मा

रुकुम आठ विसकोट

काठमान्डौ – अर्थ मन्त्री जनार्दन शर्माले पोखरा-काठमाण्डाै सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाएका छन ।

पोखरा उद्योग वाणिज्य सङ्घले आज शुक्रवार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन ।

शर्माले पोखरा – काठमान्डौ सडक दुई घन्टा छोट्याउने योजना छ ।यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको पनि उनले जनाए ।

पोखरा–काठमाण्डाैलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ ।‘

पोखरा–काठमाण्डाै सडक मार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ जस्को लागि छलफल चलिरहेको उन्ले बताए ।

यस्तै कार्यक्रममा उद्योगी व्यवसायीहरूले कोभिड-१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्ने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याज दर घटाउनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्ने लगायतका माग राखेका थिए ।