बारको प्रदर्शनलाई प्रधानन्यायाधीले झ्यालबाट लुकेर हेरेपछि
मङ्सिर १ काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज पनि नाराबाजी गर्दै सर्वोच्च अदालत परिक्रमा गरेका छन् ।
उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । ‘चोलेन्द्र शम्सेर झ्यालबाट नहेर राजीनामा दे’, ‘बार एकता जिन्दावाद’ लगायतका नारा उनीहरुले लगाएका छन् ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलनरत छन् ।