बिहीबार फुलकोर्ट बस्दै गोलाप्रथाबाट पेसी तोक्नेबारे निर्णय हुने
काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा इजलास गठन गर्ने मिति तोक्न भोलि (बिहीबार) फूलकोर्ट बोलाउने निर्णय गरेको छ। बैठकले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाउने निर्णय गरेको हो।
बिहीबार बस्ने बैठकले आगामी मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्नेगरी निर्णय गर्न लागिएको बताइएको छ।फुलकोर्ट अघि नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसियशनका अध्यक्ष पूर्णमान शाक्यसँग न्यायाधीशहरुले छलफल गर्ने बताईएको छ।