surkhet

केही व्यक्तिले अन्यत्र बसेर पार्टीको निर्णय विपरीत काम गरिरहेका छन् : भीम रावल

surkhet

काठमान्डौ – नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीकाे दशाैँ महाधिवेशनमा विधि, पद्धति र निर्णय विपरीत काम भएकाे भन्दै आपत्ति जनाएका छन् ।

उनले महाधिवेशनको चुनावसम्बन्धी प्रक्रिया पूरा नगरिकन केही व्यक्तिले अन्यत्र बसेर पार्टी विधि, पद्धति र निर्णय विपरीत काम भएकाे भन्दै आपत्ति जनाएका हुन् ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो शनिवार बेलुका नै उम्मेदवारकाे मनोनयन र अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो । तर यसमा ढिलाइ भएपछि नेता रावलले आपत्ति जनाएका हुन् ।

Dailekh
Gorkha

उनले ट्विटरमा लेखेका छन् , एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरि केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ ।

salyan