निशुल्क खाना गाडी र देव घाट घुमाउने भन्दै ल्याएर एमाले महाधिवेशनमा राखेको गुनासो
मंसि १३ ,काठमान्डौ – नेकपा एमालेको देवघाट दर्शनको लोभ देखाएर १०औं महाधिवेशनमा ल्याएको खुलेको छ। निस्शुल्क यात्रा र खानाको लोभमा देवधाट दर्शनका नाममा आफूहरुलाई चितवन ल्याइएको भन्दै नागरिकली गुनासो पोख्न सुरु गर्न थालेका छन् ।
हामी सित्तैमा देवघाट घुम्न पाउने आशाले आएका हौं,’ काभ्रेपलाञ्लान्चोककी राधा दाहालले सुनाइन्, ‘त्यसैले परिवारसहित आइपुगेका छौं ।’ ‘राजनीतिक रुपमा नेपाली कांग्रेससँग अस्था’ राख्ने सिन्धुलीका धुव घिमिरे ‘एमाले प्रतिनिधि’ हुने त प्रश्न उठ्दैन ।
तर पनि उनी एमाले महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भए । परिवारसहित देवघाट दर्शन गर्न पाउने भएपछि एमालेले व्यवस्था गरेको गाडी चढेर देवघाट आइपुगेको घिमिरेले बताए ।
सित्तैमा गढी चढेर देवघाट घुम्न पाईन्छ भने राजनीतिकभन्दा पनि धार्मिक आस्थाले आएका हौं,’ देवघाटको त्रिवेणी धाम स्नान गरिरहेका घिमिरे भन्छन्, मा जस्ता अरुपनि यसरिनै घुम्न आएका हुन् उनले भने ।
यस्तै कास्कीका दुर्गाप्रसाद अधिकारीलाई पनि ‘देवघाट घुम्न जाने’ भनेर आएको बताए । उनलाई स्थानीय एमाले कार्यकर्ताले ‘बिहीबार राती खाना खाएर हिड्ने र बिहानै देवघाट त्रिवेणी धाममा स्नानपछि मन्दिर दर्शन गरेर फर्कने’ बताएर महाधिवेशनस्थल ल्याएका हुन् । एमालेको १०औं महाधिवेशनमा आएक हरुले बिस्तारै आफ्नो गुनासो पोख्न शुरु गरेका छन्।