कम समयमै ओमिक्रोन विश्वका १० भन्दा बढी देशमा फैलियो
काठमान्डौ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छोटो समयमै विश्वका १० भन्दा बढी मुलुकमा फैलिइसकेको छ ।
दक्षिण अफ्रिकालगायत १० राष्ट्रमा पछिल्लो समयमा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको थियो ।
हाल सम्म इटाली, जर्मनी, अष्ट्रेलिया, नेदरल्याण्ड, बोत्सना, हङकङ, इजरायल, बेल्जियम र चेक गणतन्त्रमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिएको एजेन्सीले जनाएको छ ।
बेलायतले अफ्रिकाबाट आउने यात्रुहरुलाई निषेध गरेको छ भने जापानमा पनि विदेशी यात्रुहरुलाई प्रवेश निषेध गरिएको छ ।
हालसम्म कोरोना भाइरसको ओमिक्रोनबाट कोही संक्रमित फेला परेका छैनन् ।भारतमा ओमिक्रोन फैलिएमा नेपालमा त्यसको द्धाडो भन्दा चाडो गम्भिर असर पर्न सक्ने आंकलन गरिएको छ । विश्व स्वास्थ संगठनले नेपाललाई सचेत रहन आग्रह गरिसकेको छ ।