भीम रावल अध्यक्षमा पराजित केन्द्रीय सदस्यमा विजयी
काठमान्डौ – नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनम अध्यक्षमा पराजित भएपनि केन्द्रीय सदस्यमा विजयी भएका छन्।
केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ९०४ मत प्राप्त गरेर रावल विजयी भएको घोषणा गरेका हुन् । रावलले भने केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहने बताउँदै आएका छन् ।
तर आयोगले चुनावका क्रममा केन्द्रीय सदस्यमा समेत उनको नाम राखेको थियो । अध्यक्षमा हारे पछि पार्टीको कुनै पनि संगठनमा रहने रावलले बताएका छन्।यस्तै नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिएका छन् ।