अध्यक्ष प्रचण्ड र छोरीको नाम जोडेर भाडाको घर बिक्री समाचार तथ्यहिन: सचिवालय
मंसिर १६, काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजिम्पाटस्थित पुरानो निवास (भाडाको घर ) डेरा बिक्री गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उनको सचिवालयले जनाएको छ ।
प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लेले उक्त समाचार गैरजिम्मेवार, कपोकल्पित र भ्रामक कुप्रचार रहेको बताएका हुन।यस्तै उक्त समाचारप्रती आफूहरको ध्यानाकर्षण भएको समेत मल्लले बताए ।
यस्ता तथ्यहिन सामाचारको खेती गर्नु समाचारको नाममा अपराधकर्म रहेको सचिवालय जनाएको हो । सम्बन्धित पक्षलाई गलत समाचार खण्डन गरी पत्रकारिताको नैतिकता प्रदर्शन गर्न ध्यानाकर्षण गर्न पनि अनुरोध गरिएको छ ।
घटना र विचार नामको मिडियाले अध्यक्ष कमरेड प्रचण्डको लाजिम्पाटस्थित पुरानो निवास भाडाको घर बिक्री गरेको र छोरी रेनु दाहल समेत मध्यस्थतकर्ता भएको भन्दै समाचार सम्प्रेषण गरेको थियो ।
–