प्रधानन्यायाधीश जबरा डिस्चार्ज

मंसिर १७, काठमान्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आज डिस्चार्ज भएका छन्। उनि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।

कोभिड-१९ को संक्रमण निमोनियाका कारण उनी यही मंसिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए। अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा.प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्किएको उल्लेख छ।