Gold

फेरी संसद अवरुद्द गर्छौ : केपी ओली

Naumule Migrate

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन अवरुद्द गर्ने जनाएका छन्। शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले यस्तो बताएकका हुन्।

हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेमा एमालेले संसद चल्न दिदैन ओलीले भने। हामीले पार्टीबाट साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरु फेरि २८ गते आउँछन् भने त्यो कुरा त फेरि हामीलाई स्वीकार्य हुन सक्दैन ।

नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरेपनी सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाई नगरी पद कायम गरेको समेत ओलीले आरोप लगाए।

यस्तै अध्यक्ष ओलीले व्यवस्थापिका सबैतिर समस्या देखिएको भन्दै यसको समाधान ताजा जनादेशबाट मात्र हुने बताए ।अदालतको गतिरोधको निकास आउँदैन । गठबन्धनबाट पनि यसको आश गर्न सकिन्न । फैसलाका लागि ताजा जनादेश नै आवश्यक छ उनले भने ।

Naumule Badhipahiro