कोस्टारिका विरुद्द ब्राजिलको रोमानचक जित ,,
असार ८ ,एजेन्सी – रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समुह ‘ई’ को खेलमा ब्राजिलले कोस्टारिका विरुद्ध २-0 गोलसहित जित हात पारेको छ ।
ब्राजिलले दुबै गोल थप गरिएको समयमा गरेको थियो । ब्राजिलको जितमा नेयमारले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गोल गरे । त्यस्तै, ब्राजिलका लागि फिलिपे कौन्टिन्होले अन्तिम समयमा गोल गरेका थिए । उनले थप गरिएको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई जित दिलाएका हुन् । ब्राजिलले सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको थियो ।
यो जितसँगै ब्राजिलले महत्वपूर्ण ३ अंक बटुलेको छ । ब्राजिलको २ खेलमा १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । पराजित कोष्टारिका भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । हाल्फ समय भन्दा पहिले सम्म दुवै टिमले बरा बरी खेलेका थिय।