surkhet

म फेरि सभापति भए नेपाललाई स्वर्ग बनाउने छु : देउवा

surkhet

मंसिर २०, काठमान्डौ – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू फेरि सभापतिमा चुनिए अझ राम्रो काम गर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले पार्टीले विधानबमोजिम एक पटक सभापति बन्न चाहेको धेरै राम्रो काअ गर्ने चाहना रहेको बताए।

प्रधानमन्त्री देउवाले आफू सभापती बन्ने यो मौका अन्तिम रहेको समेत बताए ।उनले भने, ‘म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु।

Dailekh

यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु। यस्तै देउवाले पार्टीका साथीहरूलाई पनि आफु लाई सभापती बन्नमा सहयोग गर्न पनि आग्रह गरेका छन ।

Gorkha

त्यस्तै देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन् । कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दु:ख नदिने उनले बताएका छन् ।

उनले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताए ।

हामी पनि झापाबाट मान्छे ल्याउन सक्छौं ।एमाले जस्तो हामी शक्ति प्रदर्शन गर्दैनौं । अहिले कोरोनाको नयाँ भेरिन्न्ट फैलिएको देखिन्छ देउवाले भने ।

salyan