आगामी चुनावमा माओवादी पहिलो दल बन्छ : महरा

मंसिर २०, रसुवा – पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताएका छन ।

उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै महराले यस्तो बताएका हुन ।

अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने महराको भनाई छ ।

lekbesi

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो ।

महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गरेका छन साथै कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमासमेत जानकारि लिएका हुन ।फाइल तस्वीर