नेपालमा पनि देखियो कोरोना भाईरस ओमिक्रोन

मंसिर २०,काठमाण्डाै – नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’का सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस बारे केही छिनमा मन्त्रालयले सार्वजनिक गर्ने समेत बताएको छ ।

नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणकाे पुष्टि भएकाे र केही छिनमा मन्त्रालयले सम्मेलनमा बताउने जनाएकाे छ ।

lekbesi

गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

उनिहरु दुवैलाई अस्पतालको आईसोलेसनमा राखीएको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको हो।