स्विजरल्याण्ड द्वारा सर्विया पराजित ,,
असार ९ ,- समूह ई को शनिबार बिहान सम्पन्न खेलमा स्विजरल्याण्डले सर्वियालाई २-१ ले पराजित गरि आफु अघिल्लो चरणको यात्रा सुरु गरेको छ
। स्विजरल्याण्डको जितमा शाकरीको गोल निर्णायक भयो । शाकरीले ९० मिनेटमा गोल गरेर टिमलाई जित दिलाए ।
खेलको पाँचौं मिनेटमा नै अलेक्सान्दर मित्रोभिकले गोल गर्दै सर्वियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको स्विजरल्याण्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
५२ औं मिनेटमा जाकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । सर्वियाका डिफेन्डरबाट रिबाउन्ड आएको बललाई जाकाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
खेलको अन्तिम समयमा ९० औं मिनेटमा जेर्दन शाकिरीले वन भर्सेस वानको स्थितिमा निर्णायक गोल गरेर स्विजरल्याण्डलाई जिताए ।
यो जितसँगै स्विजरल्याण्डको भने चार अंक पुगेको छ । पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोकेर अंक बाँडेको स्विजरल्याण्डले दोस्रो खेलमा सर्वियालाई हराएर तीन अंक थप्न सफल भएको हो ।