आइसल्यान्डविरुद्ध नाइजेरियाको जित ,,

असार ८ एजेन्सी – रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ को खेलमा नाइजेरियाले आइसल्यान्डलाई पराजित गरेको छ । नाइजेरियाले आइसल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेसँगै अर्जेन्टिनाको विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने सम्भावना पनि बढेको छ ।

आइसल्यान्डविरुद्ध नाइजेरियाले उत्कृष्ट प्रदर्शन गर्यो। यद्यपी खेलको पहिलो हाफमा भने दुबै टिम गोलरहित बराबरीमा रोकिएका थिए । रसियाको भोल्गोग्राड एरिनामा भएको खेलमा पहिलो हाफमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न भने सकेनन् ।