सरकारको ५७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन तयारी
मंसिर २४,काठमाण्डाै – सरकारले बालबालिकालाई आउँदो पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने तयारी भैइरहेको छ ।
विभागको खोप शाखा प्रमुख सागर दाहाल विद्यालयबाटै खोप लगाउने गरी तयारी भैइरहेको बताए । आईतवारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने र ५७ जिल्लामा खोप लगाईने विभागले जनाएको छ ।
यसअघि फाइजरको खोप दिइएका २० जिल्लामा भने तत्काल मोडर्ना खोप दिइने छैन ।
यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो ।
तर त्यो खोप १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकाले पाएका छैनन् ।पहिले ५७ जिल्लामा लगाएपछि २० जिल्लाका बाँकी बालबालिकालाई खोप लगाउने सरकारको तयारी रहेको छ ।