देउवाको दश औले नमस्कार सभापतिमा जिताईदिन आग्रह

काठमान्डौ- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका शेरबहादुर देउवाले आफूले सभापतिमा जितेमा तिन तहमा कांग्रेसको सरकार बनाउने बताएका छन्। नेपाल महिला सङ्घले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
यस पटक आफूलाई सभापतिमा चयन गरेमा आउँदो चुनावमा तीन तहमा कांग्रेसको सरकार बनाउने बताए ।
तीनै तहका चुनावमा विजय प्राप्त गर्ने कांग्रेसको लक्ष्य रहेको बताउँदै आफूलाई सभापतिमा एक पटक चयन गरिदिन उनले आग्रह गरेका हुन्। पार्टीको १४ औँ महाधिवेशनमा देउवाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।


महाधिवेशनअन्तर्गत भाेलि सोमवार बिहानदेखि मतदान हुँदैछ । प्रधानमन्त्री देउवाले कांग्रेसले पार्टीमा महिला सहभागितालाई उच्च स्थान दिएको उल्लेख गर्दै विधानमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको बताए।
प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा समावेशी व्यवस्थासहितको संविधान जारी गरिएको बताउँदै संविधानले राज्यका उच्च पददेखि सबै निकायमा महिला सहभागिता सुनिश्चित गरेको बताए । यस्तै उनले पालिकामा ४१ प्रतिशत सहभागिता प्रतिनिधित्व भएको जानकारी गराए।
