surkhet

देउवाको १०५१ मत कोइराला ७९३ मतगणना जारी

surkhet

मंसिर २८, काठमान्डौ – नेपाली कांग्रेस सभापतिका लागि भएको निर्वाचनको मतगणनामा हालसम्म शेरबहादुर देउवाले अग्रस्थानमा लिएका छन।

अहिले सम्म २२०६ मत गन्दा देउवाले १०५१, शेखर कोइरालाले ७९३, मत प्राप्त गरेका छन।

Gorkha

यस्तै विमलेन्द्र निधिले १७४, प्रकाशमान सिंहले २०४, कल्याण गुरुङले १० मात्रै प्राप्त गरेका छन्। सोमबार राति सकिएको मतदानपछि मंगलबार बिहान ४ बजेदेखि मतगणना सुरु भएको हो।

Dailekh

निर्वाचन समितिका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान रहेको छ।

 

salyan