देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने

मंसिर २८,काठमाडौँ – कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने भएका छन्।

दिउँसो ३ः३० बजेबाट सुरु हुने मतदानमा सिंहले देउवालाई समर्थन गर्ने निर्णयसँगै सिंहलाई उपप्रधानमन्त्री बनाउने निर्णय भएको स्रोतको दाबी छ।

समर्थन गरे बापत तत्काल उपप्रधानमन्त्री बनाउने सहमतिसँगै अरु पनि राजनीतिक लेनदेन भएको स्रोतले जनाएको छ । दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेपछि उनको जित सुनिश्चित भएको हो ।