surkhet

उपसभापतिको मतगणना जारी कसको कति

surkhet

काठमान्डौ- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा भईरेको छ।

Gorkha

हालसम्म १५०० मतपत्र गन्दा पूर्णबहादुर खड्काले ५४४ मत, चन्द्र भण्डारीले ५०१ मत ,विजयकुमार गच्छदारले ५०० मत, र धनराज गुरुङले ५८८ मत प्राप्त गरेका छन् । एउटा मतपत्रमा दुई भोट हुन्छ ।

उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, उठेका छन्। शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्यले भने स्वतन्त्र रुपमा उमेद्वारी दिएका छन्।

salyan