हुम्लामा मल्ल थरकी युवती विवाह गरेको भन्दै दलित युवालाई कुटपिट तिन देखि बेपत्ता

काठमाडौं – कर्णालीमा अन्तरजातीय विवाह गरेका युवा तीन दिनदेखि बेपत्ता भएका छन। केटि पक्षका आफन्तले कुटपिट गरेपछि युवा बेपत्ता भएको खुलेको छ।

हुम्लाको सर्केगाड गाउँपालिका,१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए।

मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रे कामीको घरमा पुगेका थिए। दुवैजनालाई माईतिघरमा ल्याएर कामीले मल्लथरको केटिलाई विवाह गरेको भन्दै कुटपिट गरिएको थियो। त्यो दिनदेखि चन्द्रे बेपत्ता रहेको केटा पक्षले आरोप लगाएका छन्।

चन्द्रेका बुवा धनन्जय कामिका अनुसार केटि पक्षले घरमा आएर कुटपिट गर्दै अपहरण शैलीमा दुविलाई लागेका थिए भने घरमा तोडफोड गरेका थिए।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार भने बेहुली बनेकी सुन्तली गाँउमानाइँ छिन चन्द्रे भने बेपत्ता छन्। तीन वर्षदेखि दुबै जना प्रेम सम्बन्धमा रहेका ऊनीहरुले गत मङ्सिर ५ भागेर विवाह गरेका थिए ।

उनीहरु भागेको दिनबाटनै माईतिपक्षले धम्कि दिदै आईरहेको थिए। गत मङ्सिर २९ गते युवतीपक्षका २० जनाको समूह चन्द्रेको घरमा आएर तोडफोड गरेका थिए।

ऊनीहरुले गाँउका वरपरका घरमा ताला लगाउने र नबोल्न भन्दै धम्कि समेत दिएको चन्द्रेका बुवा धनन्जय कामिले बताए। अन्तरजातिय विवाह गरेका कारण छोराले कुटाई खायो मेरो घर तोडे उनले भने।

माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाको वडा २ को रीप गाउँमा बस्दै आएका थिए। पछि माईति पक्षलेनै अहिलेको जमानामा के को जात भात हामी केहि गर्द्दैनौ आऊ भनेर बोलाए।

त्यसपछि अपहरण शैलीमा कुटपिट गर्दै लागे अहिले मेरो छोरा बेपात्ता छ धनन्जय भने। यता चन्द्रे बेपत्ता र कुटपिटको घटना जानकारी पाएपछि खोजीको लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक हेरम्बु शर्माले बताए।

उनका अनुसार घटनाको छानबिन र युवकको खोजि भईराहेको छ। युवती भने गाँउमानै छिन्।