प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

पुष ४, काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री देउवाले आज चार बजे संसदको अबरुद्द हटाउन  सर्वदलीय बैठक बोलाएका छन। संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाएपनि एमालेले सहभागी नहुने जनाएको हो ।

बैठकमा अमेरिकी मिलिनियन च्यालेन्ज कर्पोरेसन एम सीसी लागु गर्ने देखि संसदबाट पास हुन नसकेका केही अध्यादेशमा छलफल हुने बताएको हो ।

lekbesi

यस्तै नेकपा एमाले ले निरन्तरता संसद अवरुद्ध गर्दै आईरहेको छ। आफू हरुले कारबाही गरेका सांसदलाई सभामुखले सांसबाट नहाटाएको भन्दै एमालेले संसद अबरुद्ध गर्दै आईरहेको छ।

यस्तै हिजो बसेको नेकपा एमाले बैठकले सभामुख सच्चिनु पर्ने वा राजिनामा दिनुपर्ने बताएको थियो ।

अर्को संसद बैठक पुष ६ गते बस्दै छ उक्त बैठकपनि एमालेले अबरुद्ध गर्ने जनाईसकेको छ । बैठक अबरुद्ध पछि संसदले विजनेस पाउन सकेको छैन।