पुष ६ को संसद बैठक पनि अबरुद्ध गर्छौ : केपि ओली

पुष ४, काठमान्डौ – नेकपा एमालेले पुष ६ गतेको संसद बैठक पनि अबरुद्ध गर्ने जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपि ओलीले पुष ६ गतेको बैठक एमालेले अबरुद्ध गर्ने जनाईसकेका छन।

हामीले कारबाही गरेका सांसद संसदमा उपस्तिथि हुने हो भने हामी संसद अबरुद्ध गर्छौ ओलीले भने ।

एमालेले सांसदबाट कारबाही गरेका नेताहरूलाई सभामुख अग्नि सापकोटाले नहाटाएपछि संसद बैठक अबरुद्ध गर्दै आएको छ ।

एमालेले माधव कुमार नेपाल सहितका दुई दर्जन नेताहरुलाई सांसदबाट हटाइएको थियोे । तर नेपालले भने एकिकृत समाजवादी पार्टी खोलेर अलग भैइसकेका छन।

यस्तै संसदको अबरुद्ध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन ।बैठकमा एमाले सहभागी  नहुने जनाइसकेको छ।