केपी ओलीलाई १५१ किलोको मालाले स्वागत

वीरगञ्ज -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा १५१ किलोको मालाले स्वागत गरिएको छ।

बिहीबार पर्साको जगरनाथपुर गाँउपालिकामा आयोजित आमसभा एंव बृहत् पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्न पुगेका ओलीलाई पार्टी कार्यकर्ताहरुले एक सय ५१ किलोको मालाले स्वागत गरेका हुन्।

कार्यक्रमा १० हजार व्याक्ति एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ। प्रवेश गर्नेहरुलाई ओलीले स्वागत गरेका थिए। यस्तै ओलीले अहिलेको सरकार निकम्मा बनेको बता। अहिलेको सरकारललाई जनताको कुनै मतलबनै छैन।

यो परमादेशबाट बनेको सरकार हो। यस्तै अब देश बनाउने हो भने सबै जना ए मालेमा आउनुपर्ने पनि ओलीले बताए। एमालेको महाधिवेनपछि देशभरि एमाले पार्टीमा प्रवेश गर्ने लहर चलेको दाबी ओलीले गरे।