२० वटा युट्युब च्यानल र दुई वेवसाइटमाथि प्रतिबन्ध
नयाँ दिल्ली- केन्द्र सरकारले भारतविरोधी सामग्री उत्पादन गर्ने विभिन्न युट्युब च्यानल र वेवसाइटामथि प्रतिबन्ध लगाएको छ। भारत सरकारले मंगलबारदेखि २० वटा युट्युब च्यानल र दुईवटा वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो।
सरकारले सूचना प्रविधि मापदण्ड र डिजिटल मिडिया आचारसंहिता २०२१ अन्तर्गत भारतविरोधी सामग्री उत्पादन र प्रसारण गर्ने २० वटा युट्युब च्यानल र दुईवटा न्युज वेवसाइटमाथि प्रतिबन्ध लगाएको छ ।
नयाँ पाकिस्तान’, ‘दी पन्च लाइन’, इन्टरनेसनल वेवन्युज’, ‘दी नेक्ड ट्रुथ’, ‘४८ न्युज’ लगायत च्यानलहरुमा प्रतिबन्ध लगाएको सरकारले जनाएको छ। पाकिस्तानबाट सञ्चालित भारतविरुद्ध गलत सूचना दिने र अफवाह फैलाउने ती च्यानलाई सरकारले बन्द गरेको भारततीय मिडियाहरुले खबर लेखेका छन्।