विदेश जान काठमान्डौ आएका मुगुका सात जना सामूहिक बलात्कारको आरोपमा पक्राउ
पुष १४,काठमाण्डाै –सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जनालाई पक्राउ गरेको छ । एक जना फरार रहेकोले खोजी भैइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कर्णाली प्रदेश मुगुका ७ जना रहेका छन भने अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार पक्राउ परेकाहरु सबै वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ ।
उनीहरुविरुद्ध उजुरी परेपछि ७ जनालाई मंगलबार र १ जनालाई बुधबार बिहान पक्राउ गरिएको हो । पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।