surkhet

पोल्याण्ड बाहिरिने निश्चित

surkhet

जारी विश्वकपमा कोलम्बियाले दोश्रो चरण प्रवेशका लागि आशा जीवित राख्न ‘गर या मर’को अवस्थामा रहेको म्याचमा पोल्यान्डमाथि ३-० को महत्वपूर्ण जीत निकालेको छ।

आजको जीतले कोलम्बियाको विश्वकप यात्रा जारी रहने आशा बढेको छ। उसको नकआउट चरणको यात्रा सेनेगलसँगको अन्तिम खेलले निर्धारण गर्नेछ।

Gorkha

कोलम्बियाको विश्वकप यात्राको आशा कायमै भए पनि लगातार दोश्रो हार बेहोरेको पोल्यान्ड भने घर फर्किने निश्चित भएको छ। समूह चरणको अन्तिम खेल उसले जापानसँग खेल्नेछ।

Dailekh

रसियाको कजान रंगशालामा आज भएको खेलमा कोलम्बिया र पोल्यान्डको न्यूनतम लक्ष्य थियो- जीत। पहिलो खेल हारेका दुबै टोली जित्ने लक्ष्यका मैदानमा उत्रेका थिए।

खेलको सुरूबाट नै उनीहरू एकअर्का विरूद्ध आक्रमक रूपमा उत्रिए। तर अग्रता भने खेलको ४० औं मिनेटमा कोलम्बियाले लियो। कोलम्बियाका लागि ऐरि मिनाले हेड मार्फत पहिलो गोल गरे। स्रोत ; सेतोपति.कम

salyan