Gold

सुर्खेतमा देउता चढेको भन्दै महिलालाई पैताला चटाउने तीन झाक्री एक लाख धरौटीमा छुटे

Naumule Migrate

सुर्खेत – सुर्खेतको लेकवेशी नगरपालिका-४ मा भएको कुलपूजामा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन्।

सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरुले पुष ४ गते कुलपूजा गर्ने नामा महिलामाथि अमानवीय व्यवहार गर्दै पैताला चटाएको भिडियो सामाजिक संजालमा बाहिरिएको थियो।

प्रहरीले पुस ६ गते कुलपूजाका नाममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका-८ का मिलन ज्ञवालीलाई पक्राउ गरेको थियो।

प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरी प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो। आफ्नो अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलमार्फत् पुस १६ गते अदालतलमा उनीहरूलाई बुझाएको थियो।

सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू जनही एक एक लाख धरौटी राखेर रिहा भएका छन्। घटनामा पीडित भनिएकै महिलाकै माइतीघरमा भएको कुलपूजामा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरूले उनीमाथि अमानवीय व्यवहार गरेका थिए।

तीन जनामध्ये दुई जनाले महिलामाथि शारीरिक रूपमा झम्टिनुका साथै आफ्नो पैताला पालैपालो चटाएका थिए। भिडियो सार्वजानिक भएको अधारमा प्रहरीले मुद्दा चलाएपनि यो घटनामा पिडित भनिएकि महिलाली भाने उजुर दिएकि थिईनन। उनलाई प्रहरीले सोधपुछ समेत गरेको थियो। सोधपुछमा औंले आफू पिडित नभएको सम्मेत प्रतिक्रिया दिएकि थिइन्।

 

 

 

Naumule Badhipahiro