Gold

कोरोना सङ्क्रमण दर अत्यधिक बढेपछि आन्तरिक हवाई उडानमा कडाई

Naumule Migrate

काठमाण्डाै – कोरोना (भाइरस कोभिड १९ )सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ ।

जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, हरेक उडानपछि हवाईजहाज र ब्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ  क्लेम गर्ने ठाउँ तथा प्रतीक्षालयमा भिडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरिएको छ ।

सङ्घको हिजाे बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि यस्ताे निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो।

पछिल्लो समय दैनिक जस्तो नेपालमा कोरोना भाइरसका बिरामी बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हिजो मात्र नेपालमा ११ हजार ३५२ कोरिना संक्रमित फेला परेका थिए ।

Naumule Badhipahiro