उपत्यकामा एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण
काठमान्डौ – काठमाडौं उपत्यकामा एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
आजको मितिसम्म संक्रमितको संख्या ६५ हजार ३७४ जना पुगेको छ जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् । आजको दिन सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।