वामदेव गौतमले नयाँ पार्टी खोल्दै माधव नेपालसंग एकता गर्ने चर्चा
काठमाडौं – राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।
दल दर्ताको सम्पूर्ण तयारी भैसकेको उनी निकट श्रोतले जनाएको छ । पार्टीको नाम भने सार्वजनिक भैइसकेको छैन।
यस्को जानकारी गौतमले पत्रका सम्मेलन गरेर बताउने श्रोतको भनाई छ।
एमालेको उपाध्यक्षबाट राजीनामा दिएका गौतम तत्कालिन नेकपा हुँदा पार्टी एकताको पक्षमा उभिएका थिए ।
पछि माधव नेपालले एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गर्दापनि नेता गौतम पार्टी एकताको पक्षमा भन्दै बीचमा उभिएका थिए ।
उनले नयाँ दल दर्ता गरेर माधव नेपालको पार्टीसँग एकता गर्न खोजेको चर्चा चलेपनी आधिकारिकता भने खुल्न बाकी छ ।फाईल तस्वीर