आज थप ५,५८३ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा गत २४ घन्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी उक्त संख्या फेला परेको हो।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको मन्त्रालयली जनाएको छ। यस्तै आज ८ हजार २६७ जना संक्रमणमुक्त भएपछि कूल ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घन्टामा कोरोनाबाट थप ९ जानको मृत्यु भएपछि मृतकको संख्या ११ हजार ७५२ पुगेको छ। हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित रहेको मन्त्रालयली ताथ्य्यांकमा उल्लेख छ।

lekbesi