युटुबर कुट्ने मेनपावर संचालकविरुद्द ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

काठमान्डौ – युटुबर कुट्ने त्रीपल स्टार मेनपावरका संचालक rर उनका समर्थकविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ।

युवा अभियन्ता र पिडित पक्षले आज महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पुगेर मुद्दा दर्ता गराएका हुन।

मुद्दा दर्ता गर्न समाजिक अभियान्ताहरु ज्ञानेन्द्र शाह ,पुन्य गौतम, ज्वाला सङ्रहौला लगायतको टिम पुगेको थियो। उनिहरुले केही समय प्रहरी वृत्त बाहिर नारबाजी समेत गरेका थिए ।

lekbesi

आक्रमणका योजनाकार तथा त्रीपल स्टार मेनपावरका सन्चालकको नाममा ज्यान मार्ने उध्योग कसुर अन्तर्गतको मुद्दा महानगरिय प्रहरि बृत्तमा ५०६ नंबरमा दर्ता भएको मुद्दा दर्ता गर्न पुगेका एक युवाले बताए।

हिजो काठमाडौको सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले निर्घात कुटपिट गरेका थिए ।

मेनपावरबाट पीडित भएकाहरूको साथमा युट्युबरहरु मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए ।

कुटपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका छन् ।घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।