surkhet

एमसीसी संसदनबाट अनुमोदन गराउन सभामुखलाई दबाब

surkhet

काठमाडौं- सरकारले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव लिएर हिजो (आइतबार) कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख सापकोटासमक्ष भेटवार्ता गरेका थिए ।

भेटमा बडुले अब एमसीसी संसदमा पेश गराउन र छलफलको लागि अघि बढाउन आग्रह गरेका थिए । उनले एमसीसी धेरै गिजोलिएको भन्दै तत्काल संसदमा टेबुल गराएर सांसदहरुको बीचमा छलफल गराउनुपर्ने आग्रह गरेका थिए ।

Gorkha

तर, सभामुख सापकोटाले भने अहिले संसदमा एमसीसी टेबुल गराउने र छलफल गराउने वातावरण नभएको जवाफ दिएका थिए ।पछिल्लो समय प्रधानमन्त्री देउवाले एमसीसी संसदनबाट अनुमोदन गराउनेगरि लागिपरेका छन।

Dailekh

उनले एमसीसी पास गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दबाब दिईरहेका छन।यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि देउवाले एमसीसी पास गर्नुपर्ने बताएका छन । यो बिषयमा दलका ठुला तीन अध्यक्षहरु छलफलमा बसेका थिए।

 

salyan