एमसिसीको पैसा नेपालले नराखे अन्य देशलाई दिन्छौ : फातिमा सुमार
काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) साम्झौता नेपाले फागुन १६ अर्थात फेब्रुअरी २८ सम्म संसदबाट पास नभए फिर्ता हुने देखिएको छ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले परियोजना पारित गराउनको लागि ४-५ महिनाको समय मागेर सेप्टेम्बरको अन्तिम साता पत्र पठाएको बताइन्।
उक्त पत्र शुक्रबार मिडियामार्फत् सार्वजनिक भएको थियो। फेब्रुअरी २८ को समय सीमा एमसिसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो सुमारले भनिन्,‘हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ। अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं।अब एमसिसी सम्झौतामा कुनै परिवर्तन नहुने पनि उनले स्पष्ट पारिन्।
नेपालले नलिने निर्णय गरेमा हामी त्यो पैसा अन्य आवश्यक मुलुकलाई दिन्छौं सुमारले भनिन। संसारका अरू मुलुकहरू पनि अनुदान पाउनका लागि कुरिरहेकाले नेपालका लागि आफूहरूले थप समय दिन नसक्ने एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले बताए।
नेपालजस्तै अन्य मुलुक यो सम्झौता गर्न कुरिरहेका छन् ,आत्तिरहेका छन् अब हामि धेरै कुराउदैनौ उनले भने। सुमार र ब्रुक्स गत सेप्टेम्बरमा नेपाल आएका थिए। नेपाल भ्रमण सकेर फर्किने बेला एमसिसी पास हुनेमा आशावादी रहेको बताएकी सुमारले अझै पनि एमसिसी पास हुनेमा आफू आशावादी रहेको बताइन्।
एमसिसी पास गर्न नेपाललाई दिएको समय अब तिन हप्ता बाँकी छ। एमसिसीले तीन जना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनका पालामा नेपाललाई दिन ५० मिलियन डलर ‘होल्ड’ गरेर राखेको भए पनि अब धेरै समय यही अवस्था जारी राख्न नसकिने उनले बताइन्।
यति पैसा होल्ड गरेर अब हामि राख्न सक्दैनौ। अमेरिकी करदाताप्रति गैरजिम्मेवार हुन सकिदैन सुमारले भनिन्। निर्णय गर्ने अब देउवा र प्रचण्डको हातमा छ । अब धेरै कुर्न सकिदैन सुमारले भनिन। नेपालका नेताहरू सत्तामा हुँदा एमसिसीका पक्षमा हुने भए पनि प्रतिपक्षमा हुँदा उनीहरूको टोन बदलिने गरेको उनले बताइन्।