एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
फागुन १ गते एकीकृत समाजवादीले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए ।

फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक एमसीसीविरुद्ध प्रदर्शन गरिने उनले जानकारी दिएका छन् । त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ ।

फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ ।