surkhet

मामा नाता लगाएर बालकको सुन लुट्ने र किन्ने पक्राउ

surkhet

काठमाडौं- नाबालकको कानको मुन्द्रा लुटपाट र लुटिएको सुन किन्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंमा नाबालकको सुन लुटपाट गर्ने र लुटिएको सुन किन्नेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण बस्ने ३८ वर्षीय नारायण श्रेष्ठ र मोरङ पथरी शनिश्चरे नगरपालिका-८ घर भई गोकर्णेश्वर-६ स्थित न्यू लक्की सुन चाँदी पसल सञ्चालन गर्ने ३० वर्षीय राजकुमार बराइलीलाई छन्।

Gorkha

गत माघ ८ गते काठमाडौं महानगर,६ बौद्धमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको तीन वर्षीय बालकबाट सुन लुटिएको प्रहरी उपरीक्षक मैनालीले बताए। श्रेष्ठले ती बालकलाई चकलेट दिई आफू मामा हुँ भन्दै फकाएर समता स्कुल पछाडि लगेका थिए। त्यहाँ लगेर उनले बालकले लगाएको दुई-दुई आनाको सुनको मुन्द्रा लुटेर लगेको प्रहरीले जनाएको छ। उक्त सुन लगेर उनले बराइलीलाई बेचेका थिए।

Dailekh

सुन चोर्ने र किन्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको मैनालीले बताए । उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको मैनालीले बताए।

 

 

salyan