Gold

एमालेले भोलि बोलाईएको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने

Naumule Migrate

काठमान्डौ – नेकपा एमाले भोलि बोलाईएको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने जनाएको छ।एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबारको प्रतिनिधि सभा बैठकमा आफूहरूको अवरोध जारी रहने बताएका हुन।

एमाले संसदीय दलका उपनेता नेम्वाङले सत्तापक्षले आफूहरूसँग कुनै किसिमको छलफल नगरेको बताए।
हामीले उठाएका एजेण्डाबारे छलफल भएको छैन।हामीलाई एकपटक हेल्लो गरिएको छैन उनले भने।हाम्रो अवरोध जारी रहन्छ।हामीले भोलिको बैठकमा उपस्थित हुन सबै सांसदलाई भनिसकेका छौं।

एमालेले यस अघि बैठक अवरोध गर्दै आईरहेको छ।भोलिको बैठकमा एमसिसी पेस हुने अनौपचारिक जानकारी आफूहरूले पाएको समेत उनले बताए।अवरोधको अवस्थामा रहेको पार्टीले कुनै पनि छलफलमा भाग नलिने उनको भनाइ छ।भोलि बुधबार १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसिसी पेस हुने उल्लेख छैन।फाइल तस्वीर

 

 

 

 

Naumule Badhipahiro