जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि षडयन्त्रपूर्वक बदनाम गर्न खोजियो : मन्त्री आले

काठमान्डौ – आफूले जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछी अतालिएका हरुले बदनाम गर्न खोजेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन।यस्तै केही व्याक्तीहरुले षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै मन्त्री आलेले  भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह गरेका छन।

मन्त्री आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा भाईरल भएको छ।
अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको गाली सामाजिक सञ्जालमा सार्वजनिक भएको पाईएको हो ।

उक्त अडियो सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयले खेद प्रकट गर्दै आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजीएको भन्दै छानबिन अगाडि बढाएको छ।