एमसिसी संसदमा टेबल भएपनि एकीकृत समाजवादी विपक्षमा उभिन्छ : नेपाल

फागुन ७ , काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा उभिने निर्णय गरेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसीको पक्षमा नउभिने निर्णय गरेको उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिए। बैठकले संसदको गतिरोध हटेमा र सहमति जुटेमा एमसीसी संसदमा टेबल हुन दिने तर आफ्नो पार्टी विपक्षमा रहने निर्णय गरेको उनले बताए।

यस्तै बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकाले संशोधन गर्नुपर्ने पनि निर्णय गरेको छ। एमालेले संसद गतिरोध हटाउनु पर्यो। संसदमा एमसीसीबारे छलफल गर्ने वातावरण हुनुपर्‍यो त्यसपछि मात्र हाम्री पार्टीको धारणा राख्छौ उनले भने। त्यस्तै उनले सत्तागठबन्धनको सहमतिमा मात्र एमसीसी अगाडि बढ्नुपर्ने धारणा राखे।

बैठकले एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा जोड दिएको उनले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसदमै एमसिसी टेबल गर्ने जनाएका थिए। तर संसद सचिवालयले हिजोको बैठकमा एमसिसीलाई कार्यसूचीमा राखेको थिएन।

शुक्रबारको गठबन्धनको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटीको बैठकपश्चात मात्र पार्टीले निर्णय दिने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने बताएका थिए।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्तिथिमा प्रधानमन्त्रीले संसदीय दलको बैठकमा एमसिसी टेबल गर्न खोजे गठबन्धनबाटै बाहिरिने बताउदै आईरहेका छन्। एमसिसी पास गर्न गठबन्धनको साथ् नपाएपछि देउवा नेकपा एमाले अध्यक्ष केप्पी ओली तिर सोझीएका छन्। भोलि फेरी प्रतिनिधि सभा बैठक आव्हान गरिएको छ।